नारायणगढ मुग्लिन सडकखण्डमा पहिरो, यातायात अवरुद्ध

(File Photo)

१७ असार, मुग्लिन ।

नारायणगढ–मुग्लिन सडकखण्डमा पहिरो खसेपछि बिहीबार बिहानदेखि सडक अवरुद्ध भएको छ । इच्छाकामना गाउँपालिका–६ पाँचकिलोमा माथिबाट पहिरो खसी सडक दुईतर्फी अवरुद्ध भएको हो ।

जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता प्रहरी नायब उपरीक्षक सूर्यबहादुर थापाका अनुसार पानी निरन्तर परिरहेको र पहिरोसमेत झरिरहेकाले पन्छाउन कठिन भएको छ । पहिरो बिहान २ः१० बजे खसेको हो । पहिरो गएको क्षेत्रमा निरन्तर पानी परिरहेको छ ।

प्रतिक्रिया दिनुहोस

Please enter your comment!
Please enter your name here