१६ असार, चितवन ।
गाडीको ठक्करबाट चितवनको भरतपुरमा एक जना पैदल यात्रीको मृत्यु भएको छ ।
विराटनगरबाट काठमाडौंतर्फ गइरहेको ना ६ ख ४९२३ नम्बरको गाडीले भरतपुर–१० स्थित बाइपास रोडमा पैदल यात्रीलाई बुधबार बिहान ठक्कर दिएको थियो ।
दुर्घटनामा भरतपुर–१२ कस्तुरी टोल बस्ने ७६ वर्षीय बसन्तबहादुर लिम्बुको मृत्यु भएको छ ।
ठक्करबाट गम्भीर घाइते भएका लिम्बुलाई भरतपुर अस्पताल पु¥याइएको र उपचारका क्रममा बुधबार बिहान मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ ।
दुर्घटनापछि फरार रहेका चालकलाई केही समयपछि केन्द्रीय बसपार्कबाट नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी नायब उपरीक्षक सूर्यबहादुर थापाले बताए ।