दाङमा असारभित्रै ६० प्रतिशत रोपाइ सम्पन्न

१६ असार, दाङ ।

यस वर्ष मनसुन छिटै सक्रिय भई निरन्तर वर्षा जारी भएपछि दाङमा असार महिनाभित्रै धान रोपाइँ सम्पन्न हुने अनुमान गरिएको छ ।

असारको दोस्रो हप्तासम्म जिल्लामा ६० प्रतिशत धान रोपाइँ सम्पन्न भएको कृषि ज्ञान केन्द्र दाङका कृषि प्रसार अधिकृत रुद्रमणि पौडेलले जानकारी दिए ।

उनका अनुसार गत वर्ष सो अवधिमा जिल्लामा ३० प्रतिशत मात्र रोपाइँ सम्पन्न भएको थियो । अहिलेसम्म जिल्लाको देउखुरी क्षेत्रका अधिकांश गाउँमा रोपाइँ सम्पन्न भइसकेको छ भने घोराही उपमहानगरपालिका, तुलसीपुर उपमहानगरपालिका सहित पश्चिम दाङमाभने रोपाइँ भैरहेका छन् ।

यसपटक लगातार पानी परेकाले आफूले पहिलो पटक ट्रयाक्टरको प्रयोगबाट खेत तयार गरी धान रोपाइँ गरीरहेको दङगीशरण गाउँपालिकाका किसान कृष्ण चौधरीले बताए ।

जिल्लामा गत वर्ष ३८ हजार हेक्टर क्षेत्रफल जग्गामा धानखेती गरिएकोमा यसवर्ष ३९ हजार ६ सय हेक्टर क्षेत्रफल जग्गामा धान खेती गरिने अनुमान गरिएको कृषि ज्ञान केन्द्र दाङले जनाएको छ ।

केन्द्रका अनुसार यहाँका किसानले सावित्री, राधा ४, सुनौलो सुगन्ध, लोकतन्त्र, गोरखनाथ, लोकनाथ, युएस ३१२, लगायतका वर्णशङ्कर जातका धान लगाएका छन् ।

यस्तै कम पानी हुने ठाउँमा सुक्खा–१, सुक्खा–२,सुक्खा–३ जातका धान लगाउने गरेका छन् । जिल्लामा यसपटक धान रोपाइँको लागि आवश्यक पर्ने रसायनिक मलको अभाव भने रहेको छैन् ।

प्रतिक्रिया दिनुहोस

Please enter your comment!
Please enter your name here