स्याङ्जामा असार २५ सम्म निषेधाज्ञा

१६ असार, स्याङ्जा ।

जिल्लामा असार २५ गतेसम्म निषेधाज्ञा लम्ब्याइएको छ । जिल्ला प्रशासन कार्यालय स्याङ्जाले मंगलबार सूचना जारी गर्दै निषेधाज्ञालाई बढाएर असार २५ गतेसम्म कायम गरिएको जनाएको हो ।

प्रमुख जिल्ला अधिकारी दीपकराज नेपालद्वारा जारी सूचनामा गत वैशाख २१ गतेदेखि शुरु भएको निषेधाज्ञा कोरोना संक्रमणको जोखिम जिल्लामा कायमै रहेकाले थप गरिएको जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस

Please enter your comment!
Please enter your name here