शंकास्पद अवस्थामा कोठाभित्रै भेटियो महिलाको शव

१६ असार, पर्सा ।

वीरगञ्ज–८ पानीटंकीमा शंकास्पद अवस्थामा एक महिलाको शव फेला परेको छ ।

नवलपरासी घर भई वीरगञ्ज बस्दै आएकी ३२ वर्षीया हिममाया अस्लामीको शव उनकै कोठामा भेनिएको प्रहरीले जनाएको छ ।

मृतक महिलाको पति लागू औषध मुद्दामा दोषी ठहर भई कारागारमा छन् । वीरगञ्जमा हिममाया एक्लै बस्दै आएकी थिइन् ।

पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक ओमप्रकाश खनालका अनुसार महिलाको मृत्यु शंकास्पद देखिएको छ ।

‘शरीरमा चोकपटक तथा निलडाम छैन, मृतकको नाकबाट फिज आएको छ । ऐनाको सीसा र मोबाइल फुटेको देखिएको छ, कोठामा बियरका बोतलहरु पनि छन्,’ उनले भने, ‘घटना संकास्पद छ, अनुसन्धानका लागि कोठामा आइरहने युवकलाई नियन्त्रणमा लिएका छौं ।’

प्रतिक्रिया दिनुहोस

Please enter your comment!
Please enter your name here