चोभारको सुख्खा बन्दरगाह असारपछि सञ्चालनमा आउने

१५ असार, काठमाडौं ।

चोभारमा निर्माणाधिन सुख्खा बन्दरगाह असार मसान्तपछि सञ्चालन गर्न सकिने भएको छ । इन्टर मोडल यातायात विकास समितिका कार्यकारी निर्देशक आशिष गजुरेलले चोभारको सुक्खा बन्दरगाह यही असार मसान्तभित्र सम्पन्न गरिसकिने बताए ।

बन्दरगाहको काम ९० प्रतिशत सम्पन्न भइसकेको र बन्दरगाह सञ्चालनका लागि पूर्वाधार बनिसकेको उनले बताए । केही बाँकी रहेका काम यसै आर्थिक वर्षभित्रैमा सम्पन्न गरिसकिने पनि उनले बताए ।

उनले भने, ‘भन्सारको लागि र क्वारेन्टीनका लागि विल्डिङ तयार भइसकेको छ । प्रशासनिक भवन निर्माण भइसकेको छ । एप्रिजल सेट जहाँ चेकजाँच गरिन्छ । ३ वटा तयार भइसकेको छ । ठुलो–ठुलो गोदामहरु २ वटा निर्माण भइसकेकको छ । कन्टेनर यार्ड त्यो पनि तयार भइसकेको छ । पार्किङ यार्डहरु बनिसकेको छ । गेट तीनवटै धमाधम सकिने स्थितिमा छ ।’

ड्राइभरका लागि खाना पकाउने ठाउँ, ट्वाइलेट, वाथरुम बनिसकेको र सञ्चालन गर्ने स्थितिमा पुगिसकेको गजुरेलले बताए ।

काठमाडौंमा बनेको सुख्खा बन्दरगाहका कारण बाहिरी देशबाट सिधैँ काठमाडौंमा आउने सामग्रीहरु ल्याउन सहज हुने कार्यकारी निर्देशक गजुरेलले बताए ।

वीरगञ्ज, विराटनगर, भैरहवा, नेपालगञ्जमा क्लियर नगरी सामग्री एकैचोटी काठमाडौंमा क्लियर गर्न सकिने हुँदा बन्दरगाहले व्यापारलाई सहजीकरण र सामानको ढुवानी ओसार–पसार गर्ने मूल्यलाई घटाउन योगदान गर्ने उनले बताए ।

प्रतिक्रिया दिनुहोस

Please enter your comment!
Please enter your name here