१४ असार, स्याङ्जा ।
स्याङ्जामा मानिस आक्रमण गर्ने चितुवालाई गोली हानी मारिएको छ ।
आइतबार विहान चितुवाले स्याङ्जा गल्याङ नगरपालिका–७ तोलातुङका ३८ वर्षीय लाल बहादुर वि.कलाई आक्रमण गरी घाइते बनाएपछि प्रहरीले गोली हानी मारेको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रहरी नायव उपरीक्षक राजेन्द्र प्रसाद अधिकारीले जानकारी दिए ।
उनका अनुसार चितुवा खोरबाट बाहिर निस्किएर मानिसहरुतिर आएको र लाल बहादुरलाई आक्रमण गरेपछि उसलाई बचाउन प्रहरीले गोली हानेको थियो । चितुवाको आक्रमणबाट घाइते भएका लाल बहादुर अस्पतालमा उपचार गरेर घर फर्किएका छन् ।
आइतबार बिहान ७ बजे खड्क बहादुर गाहा मगर खोरमा दाना लिएर जाँदा उक्त चितुवालाई देखेर प्रहरीलाई खबर गरेका थिए ।