अवैध रुपमा श्रीलंका पुर्याइएका २५ नेपालीको उद्धार

१३ असार, काठमाडौं ।

अवैध रुपमा दलालले श्रीलंका पुर्याएका २५ नेपालीहरुको उद्धार गरिएको छ । भारतको बाटो हुँदै त्यहाँ पुर्याइएका उनीहरु पक्राउ परी श्रीलंकामै अध्यागमन उल्लंघनको मुद्दा खेपिरहेका थिए । यसैबेला नेपाल सरकारले उद्धार गरी स्वदेश फिर्ता ल्याएको हो ।

लामो समय हिरासतमा बसी मानसिक र शारीरिक स्वास्थ्य समस्या झेलेका ती महिलालाई स्वदेश फिर्ता पश्चात सरकारले तोकेको स्वास्थ्य सुरक्षा मापदण्ड अनुरुप स्वास्थ्य उपचारसहितको स्वास्थ्य सेवा प्रदान गरिएको माइती नेपालले जनाएको छ ।

माइती नेपालका कार्यकारी निर्देशक विश्वराम खड्काले शनिबार जारी गरेको विज्ञप्तिमा लामो समयदेखि उद्दारका लागि पहल गरिँदै आएकोमा बिहीबार उनीहरुलाई नेपाल फर्काउन सफल भएको उल्लेख गरिएको छ ।

यसअघि केही पहिलो पनि सरकारले श्रीलंकाबाटै ४ महिलाको उद्दार गरेर पारिवारिक पुनर्मिलन गराएको थियो ।

प्रतिक्रिया दिनुहोस

Please enter your comment!
Please enter your name here