१२ असार, सर्लाही ।
जिल्लाको कौडेना गाउँपालिकाले आफ्नो नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । आगामी आर्थिक वर्षको बजेट झन्डै ३३ करोड रुपैयाँ रहेको गाउँपालिकाले जनाएको छ ।
आठौँ गाउँसभाको आर्थिक बर्ष २०७८–०७९ नीति तथा कार्यक्रम सार्वजनिकिकरण कार्यक्रम गाउँपालिकाकै सभा हलमा शनिबार सम्पन्न भएको हो ।
आगामी आर्थिक वर्ष ०७८÷०८९ को अनुमानित बजेट ३२ करोड ९७ लाख रहेको छ । कार्यक्रमका अध्यक्ष मेयर रामप्रसाद यादवले नीति तथा कार्यक्रम प्रस्तुत गरेका हुन् ।