निरज यादव/प्रदेशपालिका
१२ असार, सर्लाही ।
जिल्लाको गोडैता नगरपालिकाको पाँचौँ नगर सभामार्फत नीति तथा कार्यक्रम ल्याइएको छ ।
आर्थिक बर्ष २०७८–०७९ नीति तथा कार्यक्रम गोडैतास्थित नगरपालिकाको सभा हलमा सम्पन्न भएको हो । आगामी आर्थिक बर्ष ०७८÷०८९ को अनुमानित बजेट ५३ करोड १० लाख रहेको नगरपालिकाले जनाएको छ ।
मेयर देवेन्द्र यादवले नीति तथा कार्यक्रम प्रस्तुत गरेका हुन् । उनकै अध्यक्षतामा कार्यक्रम भएको थियो ।
गोडैता नगरपालिकाभित्र निर्माणाधीन कामलाई यथाशिघ्र अगाडि बढाउने सडक बत्तीहरुलाई आधुनिकीकरण गर्ने, भवन मापदण्डलाई थप ब्यबस्थित बनाउने लगायतका विषय नीति तथा कार्यक्रममा उल्लेख छन् ।
कार्यक्रममा नगरभित्रका वडाध्यक्ष, वडा सदस्यहरूका साथै सुरक्षा निकायका प्रतिनिधि र राजनितिक दलका प्रतिनिधीहरु सहभागी थिए । विभिन्न संघ संस्थाका पदाधिकारी, संचारकर्मी र नगरभित्रका बुद्धिजीवीहरुको उपस्थितिमा कार्यक्रम सम्पन्न भएको थियो ।
कार्यक्रमको बन्दसत्र असार २० गते बिहान ८ बजेबाट हुने बताइएको छ ।