१२ असार, रौतहट ।
चट्याङ लागेर जिल्लामा एक जनाको मृत्यु भएको छ ।
परोहा नगरपालिका–२ जिगडवा वेलबिछवाका ३५ वर्षीय शेख जमसैदको शनिबार बिहान मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।
घर बाहिर बसेका जमसेदलाई अचानक चट्याङ लागेपछि आफन्तले उपचारका लागि अस्पताल पु¥याएका थिए । उनको उपचारकै क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।