अंशका लागि पिताको हत्या

१२ असार, धनुषा ।

जिल्लामा अंशका लागि छोराले बुवाको हत्या गरेका छन् । धनुषाधाम नगरपालिका वडा नम्बर १ स्थित काशिपुरका ७० वर्षीय विशो यादवको उनकै छोरा कृष्ण यादवले हत्या गरेका हुन् ।

अंशवण्डाको विषयमा विवाद हुँदा कान्छो छोरा कृष्णले बिहीबार राति ओखलको बिँड प्रहार गरी बुवाको हत्या गरेको प्रहरी उपरीक्षक प्रकाश रानाभाटले जानकारी दिए । बुवाको हत्या गर्ने कृष्णलाई पक्राउ गरिएको उनले बताए ।

मृतकको टाउकोमा दुई इञ्च घाउ देखिनुका साथै घाँटी समेत थिचिएको उनले बताए । यादवको शव प्रादेशिक अस्पताल जनकपुरधाममा पोस्टमार्टम गरिएको छ ।

प्रतिक्रिया दिनुहोस

Please enter your comment!
Please enter your name here