एमफिलको शूल्क महँगो भएको भन्दै विद्यार्थीले गरे विरोध

१२ असार, काठमाडौं ।

त्रिभुवन विश्वविद्यालयमा एमफिल पहिलो सेमेस्टरको भर्ना शुल्क महँगो भएको भन्दै विद्यार्थीहरूले विरोध गरेका छन् । त्रिविले इन्ट्रान्स परीक्षा लिएर नयाँ भर्नाका लागि सूचना जारी गरेको छ ।

नयाँ भर्नाका लागि त्रिविले पहिलो सेमेस्टर शुल्क ८० हजार तोकेको छ । विद्यार्थीले यो शुल्क महँगो भएको भन्दै विरोध सुरु गरेका हुन् । उनीहरूले त्रिवि उपकुलपति र डिन कार्यालयमा यस विषयमा शुक्रबार ज्ञापनपत्रसमेत बुझाएका छन् ।

‘त्रिभुवन विश्वविद्यालयले एमफिलको प्रथम सेमेष्टरको फी ८० हजार पु¥याएको छ । यसको विरोधमा त्रिवि उपकुलपति धर्मकान्त बाँस्कोटा र डिन कार्यालयलाई ज्ञापनपत्र बुझाएका छौँ । यसले सर्वसाधारण जनताका छोराछोरीलाई उच्च शिक्षा आर्जनबाट वञ्चित गरिएको छ । यति धेरै फी तिरेर सर्वसाधारण पढ्न सक्दैनन्,’ आन्दोलनरत विद्यार्थी संघर्ष दाहालले भने, ‘देशकै ठूलो र पहिलो विश्वविद्यालयले नीतिगत रूपमा गरिबका छोराछोरीलाई उच्च शिक्षा लिनबाट वञ्चित गरेको छ । यसलाई तत्काल सच्याइओस् र एमफिल तथा पिएचडी निःशुल्क रूपमा अध्ययन गराओस् ।’ उनले माग पूरा नभए आइतबारबाट सडक आन्दोलनमा जान बाध्य हुने बताए ।

प्रतिक्रिया दिनुहोस

Please enter your comment!
Please enter your name here