१० असार, धनुषा ।
प्रदेश–२ को अस्थायी राजधानी जनकपुरधाममा मेयर र उपमेयरसँग जोडेर आगामी आर्थिक वर्षमा कार्यक्रम सञ्चालन हुने भएको छ ।
जनकपुरधाम उप–महानगरपालिकाको बुधबारदेखि शुरु भएको सातौं नगर सभाको पहिलो दिन प्रस्तुत गरिएको नीति तथा कार्यक्रममा मेयर र उपमेयरसँग जोडेर कार्यक्रम सञ्चालन गरिने उल्लेख छ । मेयर नाम जोडिएको दुई र उपमेयर नाम जोडिएको एउटा कार्यक्रम सञ्चालन गरिनेछ ।
आगामी आर्थिक वर्ष २०७८–७९ मा नगरको शैक्षिक गुणस्तरलाई अभिवृद्धि गर्न विद्यार्थी मेयर संवाद कार्यक्रमको प्रारम्भ गरिने मेयर लालकिशोर साहले बताए । सबै विद्यालयमा निरन्तर रुपमा विद्यार्थीसँग शैक्षिक गुणस्तरको बारेमा पृष्ठपोषण लिइ गुनासो सम्बोधन गरी शैक्षिक गुणस्तरलाई अभिवृद्धिमा जोड् दिइने उनले बताए ।
यस्तै, नगरभित्र डिलक्स शौचालय लयायत अन्य सार्वजनिक शौचालयको सञ्चालन र व्यवस्थापनलाई निनरन्तरता दिइ मेयर स्वच्छता कार्यक्रमलाई अभियानको रुपमा सञ्चालन गरिने नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ ।
नवजात शिशु र आमाको स्वास्थ्यलाई सुरक्षित तुल्याउन आवश्यक औषधि र स्वास्थयकर्मी सहितको बर्थिङ्ग सेन्टर सञ्चालन गर्न उपमेयर सुरक्षित मातृत्व अभियानको कार्यक्रम सञ्चालन गरिनेछ ।
आमनागरिकलाई निःशुल्क स्वास्थ्य सेवामा पहुच पु¥याउन भन्दै नागरिकसँग नगरपालिका कार्यक्रम सञ्चालन गरी नगरपालिका अन्तर्गतका स्वास्थ्य संस्थाहरुलाई चुस्त–दुरुस्त बनाई अत्यावश्यक औषधिसहितको स्वास्थ्य सेवा प्रदान गर्ने व्यवस्था मिलाइने उप–महानगरपालिकाले जनाएको छ ।
जनकपुरधामलाई आगामी आर्थिक वर्षमा खुल्ला नाला मुक्त शहर बनाइने पनि नीति तथा कार्यक्रम मार्फत् जनाइएको छ ।
नगरभित्रका नालाहरु खुल्ला रहँदा लामखुट्टे नियन्त्रण गर्न कठिन भएको र खुल्ला नालाले दुर्गन्ध फैलाँउदा डेङगु, कालाज्वर र औलो लगायतका रोग व्याधिहरुको संक्रमण फैलिन सक्ने अवस्थाको दिर्घकालिन सामाधान गर्न नगरभित्रका सबै खुल्ला नालाहरुमा ढकनी लगाई ‘खुल्ला नाला मुक्त शहर’को अभियान सञ्चालन गरिने नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ ।
यस्तै, मिथिला संस्कृति र कलाको संरक्षण गर्न आगामि आर्थिक वर्षमा मिथिला सांस्कृतिक कलाकेन्द्र सञ्चालनमा ल्याइने जनाइएको छ । नगरसभा अन्तर्गत बिहीबार बजेट प्रस्तुत गरिने उप महानगरपालिकाले जनाएको छ ।