भक्तपुरको नीति तथा कार्यक्रम सर्वसम्मतिले पारित

१० असार, भक्तपुर ।

भक्तपुर नगरपालिकाले ल्याएको आर्थिक वर्ष २०७८–७९ को नीति तथा कार्यक्रम सर्वसम्मतिले पारित भएको छ ।

बुधबार नगर प्रमुख सुनिल प्रजापतिको अध्यक्षतामा बसेको दशौं नगरसभाको बैठकले भक्तपुर नगरपालिकाको आ.व. २०७८÷७९ को नीति तथा कार्यक्रम पारित गरेको हो ।

सभामा नगर प्रमुख प्रजापतिले जनप्रतिनिधिहरुले जनपक्षीय कार्य गरेमा जनताले साथ दिने उल्लेख गर्दै कमजोरीहरुलाई सच्याई कार्यकालको अन्तिम वर्षलाई अझ जिम्मेवारीपूर्वक बहन गर्नुपर्ने बताए ।

प्रजापतिले सभाबाट आएका सुझावहरु सकारात्मक रहेको र धेरैजसो सुझावहरु वडा बजेट, समितिगत बजेटमा समेटिने तथा केही ठूला योजनाहरु आ.व. २०७८÷७९ को बजेटमा समेटिने स्पष्ट पारे ।

उनले सरकार कमजोर भएको अवस्थामा देशमा अराजकता र अस्थिरता बढ्ने सम्भावना भएको बताए ।

नीति तथा कार्यक्रममाथि छलफलमा सभासद्हरु पूर्णगोपाल राजचलले पराम्परागत धानको बीउको सट्टा प्रयोगमा रहेको चाइनिज धानको गुणस्तर परीक्षण गर्नुपर्ने, सभासद् हरिरत्न गोर्खालीले भक्तपुर नगरलाई साँस्कृतिक नगर घोषणा गर्नुपर्ने र सभासद् जितेन्द्र मुनंकर्मीले ख्वप अस्पताललाई जनताको अस्पतालको रुपमा विकास गरिनुपर्ने सुझाव दिए ।

प्रतिक्रिया दिनुहोस

Please enter your comment!
Please enter your name here