भरत तालमा जेटबोट सञ्चालनमा आउने

१० असार, सर्लाही ।
जिल्लाको बाग्मती नगरपालिकास्थित देशकै सबैभन्दा ठूलो मानवनिर्मित भरत तालमा नेपालकै पहिलो जेटबोट संचालनमा आउने भएको छ ।

पुर्ब–पश्चिम राजमार्ग देखि करिव ३ किलोमिटर दक्षिण तर्फ रहेको सो मानवनिर्मित भरत तालमा नेपालकै पहिलो ३५ सिटे जेटबोट संचालनमा आउने भएको हो । आज १० बजे सो जेटबोटको उद्घाटन गरिने बाग्मति ईन्टरटेनमेन्ट प्रा.लिका अध्यक्ष गौतम खड्काले जानकारी दिए ।

सो मानवनिर्मित भरत तालमा २०७८ साल बैशाख १ गतेदेखि बाग्मती इन्टरटेनमेन्टद्धारा दुई मोटरबोट संचालन गरिएको अध्यक्ष खड्काले बताए । मोटरबोट संचालनमा आएदेखि सो ताल पर्यटकीय हबका रुपमा चिनिँदै गएको छ । तालमा प्रदेश नम्बर २ को बिभिन्न ठाँउबाट निषेधाज्ञाबीच नै दैनिक पर्यटकहरु पुग्ने गरेका छन् ।

बागमती नगर प्रमुख मेयर भरत थापाको पहलमा निर्माण गरिएको सो तालकोे कुल गहिराई ३५ फिट रहेको एबं सो ताल एक सय २१ बिगाहा क्षेत्रफलमा निर्माण गरिएको हो ।

गर्मी महिनामा सो भरत तालमा मोटरबोट चढेर गर्मी भगाउन र मनोरन्जन लिन आनन्द आउने त्यहाँ पुगेकाहरुको अनुभव छ । विदाको दिन परिवारसहित ठूलो संख्यामा आन्तरिक पर्यटकहरु आउने गरेको अध्यक्ष खड्काले जानकारी दिए ।

लगभग १५ देखि १८ मिनेटसम्मको मोटरबोटको यात्रा सकिँदा पोखराको फेबाताल भन्दा बढि मनोरञ्जन हुने पर्यटकहरुको भनाइ छ । यहाँको यस तालमा हंसराज प्रजातिको हाँस समेत पालिएको छ । उक्त हाँसहरुले तालमा पौडि खेलेको ढृश्य देख्दा मनै लोभिने गरेको पर्यटक बताउँछन् । तालमा केहि समयपछि माछा पालनसमेत गरिने बताईएको छ ।

प्रतिक्रिया दिनुहोस

Please enter your comment!
Please enter your name here