जामुनको विषयमा दुई गाउँका वडावासीबीच कुटाकुट, २० जना घाइते

निरज यादव/प्रदेशपालिका
१० असार, सर्लाही ।

जिल्लाको बरहथवा नगरपालिकामा दुई गाउँका बासिन्दाबीच कुटाकुट हुँदा २० जनाभन्दा बढी घाइते भएका छन् । बालबालिकाबीच जामनु (एक किसिमको फल)को विषयमा झगडा हुँदा यसले उग्र रुप लिएको प्रहरीको भनाइ छ ।

नगरपालिका वडा नम्बर १७ पररिया टोल र वडा नम्बर १८ श्रीपुरका स्थानीयबीच बालबालिकाको झगडाको विषयलाई लिएर झडप भएको इलाका प्रहरी कार्यालयका प्रमुख डिएसपी उद्धवसिंह भाटले जानकारी दिए ।

बालबालिकाले जामुन को विषयलाई लिएर झगडा गर्दा उनीहरूका अभिभावक आएर झगडा बल्झाएका थिए ।

बुधबार दिउँसो भएको झडपमा दुवैतर्फका धेरै स्थानीयको टाउको फुटेको र शरीरभर चोटपटक लागेको घटनास्थल पुगेका डिएसपी भाटले बताए । झडपमा लाठी, मुङ्ग्रा, बाँसका भाटाहरू प्रयोग भएका प्रहरीले जनाएको छ । दुवैतर्फका गरी हजारौंका संख्यामा स्थानीय झडपस्थलमा रहेका भाटले जानकारी ।

यद्यपि अहिले झडप नियन्त्रणमा आएको छ भने घाइतेलाई उपचारको लागि अस्पताल लगिएको छ ।

प्रतिक्रिया दिनुहोस

Please enter your comment!
Please enter your name here