मौलापुरमा जनप्रदर्शन, विकास विरोधी षड्यन्त्र बन्द गर्न चेतावनी

९ असार, गौर ।

रौतहटको मौलापुर नगरपालिकामा बुधबार प्रदर्शन गरिएको छ । नगरपालिकाको मेयर रिना साह, उपमेयर गौरिशंकर जयसवाल लगायतका स्थानीय नेताहरुको अगुवाइमा प्रदर्शन गरिएको छ ।

मौलापुर नगरपालिकाको पाँचौं नगरसभाको पुर्वसंध्यामा केहि विकास बिरोधि तत्वहरुले विभिन्न बखेडा झिकेर नगरसभा प्रभावित गर्न खोजेको भन्दै निकालिएको जुलुसले विभिन्न नारा लगाउँदै मौलापुर बजार परिक्रमा गरेको थियो । जुलुसपछि आयोजना गरिएको सभालाई मेयार साह, उपमेयर जयसवाल लगायतले सम्बोधन गरेका थिए ।

जुलुसपछि आयोजना गरिएको सभालाई सम्बोधन गर्दै मेयर साह

नगरमा विकासविरोधी र प्रतिक्रियावादी तत्वहरु हावी भएको भन्दै विकासविरोधीको विरुद्धमा जुलुस निकालिएको जुलुसका सहभागी नेता नागेन्द्र साहले बताएका छन् । जुलुसमा नगरपालिकाको प्रत्येक वडाबाट ठूलो संख्यामा सहभागीहर आएको नेता साहले जानकारी दिए ।

प्रत्येक वर्षझैं यस पटक पनि आर्थिक वर्ष २०७८/०७९ को पाँचौ बजेट अधिवेशनको लागि मौलापुर नगरपालिकाले अगामी १० गतेको मिथि निर्धारण गरेको नगरप्रमुख रिनाकुमारी साहले बताइन् ।

सभालाई सम्बोधन गर्दै उपमेयर जयसवालले विकासको रकम दुरुपयोग गरेका केहि जनप्रतिनिधि र विकास विरोधी तत्वले मौलापुर नगरपालिका विरुद्ध अनर्गल प्रचार गरिरहेको भन्दै नगरपालिकाको कुनै पनि विकास निर्माण अथवा गतिविधि बारे जानकारी लिन लिखित निवेदन आएमा सोको जानकारी दिन सदैव तत्पर स्पष्ट पारे । उनले कानुनी रूपमा कसैले सुचना नमाँगेको तर नगरसभालाई प्रभावित बनाउने मनसायले नगरपालिका विरुद्ध अनर्गल प्रचार गरेकोले सडकमा उत्रिनु परेको दाबी गरे ।

कुनै पनि बहानामा विकास रोक्न पाइदैन भन्ने संदेशका साथ मौलापुरमा भएको जनप्रदर्शनले विकासप्रति जनतालाई पुन: जागृत बनाएको जुलुसका सहभागी नेता ठगा दासले बताए।

सभामा मौलापुर नगरपालिकाले नगरका किसानलाई निशुल्क बिउ, सिचाइ, निशुल्क ग्यास चुल्हो सिलिन्डर सहित, दलितको घर, छात्रालाई ल्यापटप, साईकल, दिउँसो बिहे गर्ने परिवारलाई प्रोत्साहन स्वरुप २५ हजार नगदजस्ता लोकप्रिय कार्यक्रम संचालन गर्दै आएको जानकारी समेत दिइएको छ ।

प्राविधिक शिक्षाको पढाई, निषेधाज्ञामा दलित गरिबलाई राहत, प्रदेश २ मै प्रहिलो पटक मौलापुरमा ७५ बिगहा जग्गामा लैण्डपुलिङ अर्थात जग्गा एकीकरण जस्ता महत्वाकांक्षी योजना पनि मौलापुरले अगाडि बढाएको छ ।

प्रतिक्रिया दिनुहोस

Please enter your comment!
Please enter your name here