९ असार, काठमाडौं ।
बुधबार दिउँसो मौसम सामान्यदेखि पूर्ण बदली रहने सम्भावना छ । देशका धेरै स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
प्रदेश नं १, बाग्मती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका एक वा दुई स्थानमा मेघगर्जन र चट्टयाङ्गसहित भारी वर्षाको सम्भावना रहेको महाशाखाको दैनिक बुलेटिनमा उल्लेख छ ।
यस्तै राति पनि देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ भने केही स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश नं १, बाग्मती प्रदेश, र गण्डकी प्रदेशका एक वा दुई स्थानमा मेघगर्जनचट्टयाङ्गसहित भारी वर्षाको सम्भावना रहेको महाशाखाको भनाइ छ ।
हाल देशभर मनसुनी वायुको प्रभाव रहनुका साथै दक्षिणी भूभाग नजिक मनसुनी न्युन चापीय रेखा रहेको महाशाखाले जनाएको छ ।