९ असार, जनकपुरधाम ।
मिथिला लोकचित्रकलालाई विश्व सामु स्थापित गराउन अहम् भुमिका खेलेको भन्दै करिब आधा दर्जन महिलालाई एक समारोहबीच सम्मान गरिएको छ ।
मिथिला लोकचित्रकलाको पहिचान विश्व सामु स्थापित गराउन संघर्ष गरेको भन्दै त्यसको कदरस्वरुप सम्मान गरिएको हो । लामो संघर्ष र लोकचित्रकलाका लागि जिवन अर्पण गरेका वृद्ध लोकचित्रकारहरुलाई प्रदेश प्रमुख राजेश झा अहिराजले सम्मान गरेका थिए ।
प्रदेश प्रमुख झाले मिथिला लोक चित्रकलाकारहरु मिथिलेश्वरी देवी कर्ण, मञ्जुला ठाकुर, चुनचुन देवी झा, अनुरागी झा र गालोदेवी मण्डल खत्वेलाई दोसल्ला ओढाई सम्मान गरेका थिए ।
मिथिलाका ऐतिहासिक धार्मिक सांस्कृतिक र भौगोलिक परिवेश रीतिरिवाजलाई मिथिला लोकचित्रकारका माध्यमले विश्व सामु नेपाललाई चिनाइराख्ने उनीहरुको कला र संघर्ष प्रति भावुक हुँदै प्रदेश प्रमुख झाले यसको संरक्षण संवर्द्धन र विस्तारका लागि आफु प्रतिवद्ध रहेको जनाए ।
नारी विकास केन्द्रको स्थापनामा सहयोग पुर्याएका सुदर्शन लाल कर्ण सहित सम्मानित कलाकारहरुसँग मिथिला कला साहित्य सम्बन्धमा भलाकुसारी समेत गरेका थिए ।
१९८९ देखि मिथिला लोकचित्रकलालाई संसारकै क्यानभाससम्म पुर्याउनका लागि निकै लोकचित्रकारहरुले स्थापनाकाल देखि नै निकै मिहिनेत गरेकी थिइन् ।