स्रोत नखुलेको नगदसहित एक जना नियन्त्रणमा

९ असार, महोत्तरी ।

जिल्लाको मटिहानी नगरपालिका–८ स्थित सडकबाट स्रोत नखुलेको नगद ३९ लाख ८० हजार रुपैयाँ सहित प्रहरीले एक जनालाई नियन्त्रणमा लिएको छ ।

पक्राउ पर्नेमा धनुषा मुसहरनिया मुखियापट्टी गाउँपालिका–१ बस्ने ३८ वर्षीय संजय साह रहेको प्रहरीले जनाएको छ । उनलाई मंगलबार दिउँसो पक्राउ गरिएको हो ।

संजयले चलाएको ‘अन टेष्ट’ लेखिएको स्कुटरलाई प्रहरी चौकी मटिहानीबाट खटिएको प्रहरीले सडकमा चेकजाँच गर्ने क्रममा स्कुटरको डिक्कीमा उक्त परिमाणको रकम भेटिएको थियो । स्रोत नखुलेको १ हजार र ५ सय दरका नोट फेला परेपछि उनलाई नियन्त्रणमा लिइएको थियो ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस

Please enter your comment!
Please enter your name here