निजी अस्पतालमा कोरोना उपचार गराए खर्च सरकारले नव्योहोर्ने

९ असार, काठमाडौंं ।

सरकारले निजी अस्पतालमा उपचाररत कोभिड–१९ संक्रमितको उपचार खर्च नबेहोर्ने जनाएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीले मंगलबार एक सूचना जारी गर्दै सरकारसँग सेवा सम्झौता गरेका निजी अस्पतालहरुमा भर्ना भई उपचार गराइरहेका संक्रमितहरुको उपचार खर्च आगामी असार १८ गतेसम्म मात्र बेहोर्ने निर्णय सचिव स्तरीय बैठकले गरेको बताएका छन् ।

सूचनामा भनिएको छ, ‘कोभिड–१९ को उपचारका लागि सेवा सम्झौता भएका निजी अस्पतालहरुमा आजसम्म भर्ना भई उपचाररत संक्रमितहरुको आजका मितिले १० दिनसम्मको मात्रै नियामानुसारको सोधभर्ना उपलब्ध गराइने छ ।’

अब उपरान्त सरकारी अस्पतालहरु, स्वास्थ्य प्रतिष्ठानहरु र मेडिकल कलेजहरुलाई मात्रै कोभिड–१९ उपचारको अस्पतालको रुपमा तोकी सेवा प्रवाहको व्यवस्थापन गरिएको सूचनामा उल्लेख छ ।

कोरोना महामारी उत्कर्षमा पुगेको बेला सरकारले कोभिड–१९ उपचारका लागि तोकिएका सरकारी तथा सेवा सम्झौता गरेका निजी अस्पताललाई उपचारबापतको खर्च सोधभर्ना गराउने निर्णय गरेको थियो ।

प्रतिक्रिया दिनुहोस

Please enter your comment!
Please enter your name here