क्लबहाउसमा प्रहरीको फेक एकाउन्ट बनाउने युवक पक्राउ

८ असार, काठमाडौं ।

अडियो शेयरिङ प्लेटफर्म क्लबहाउसमा नेपाल प्रहरीका अधिकारीको फोटो दुरुपयोग गरेको अभियोगमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा भक्तपुरको चाँगुनारायणका २० वर्षीय इशान श्रेष्ठ रहेको प्रहरीले जनाएको छ ।

क्लब हाउसमा सोसियल र खुला रुम बनाएर प्रहरी अधिकृतको फोटो प्रयोग गरी आईडी बनाएर गलत सूचना प्रवाह गरेको अभियोगमा उनलाई साइबर ब्युरोले समातेको हो । ब्युरोका एसएसपी नविन्द अर्यालले प्रहरी अधिकारीको फोटो दुरुपयोग नगरिदिन पनि आग्रह गरेका छन् ।

पछिल्लो समय क्लबहाउसका प्रयोगकर्ता नेपालमा ह्वात्तै बढेका छन् । योसँगै यसमा विकृति पनि मौलाएको छ । फेक आईडी बनाएर गलत सूचना प्रवाह हुन थालेपछि प्रहरीले नजर बढाएको छ । श्रेष्ठविरुद्ध सात दिन म्याद थप गरेर अनुसन्धान गरिरहेको प्रहरीको भनाइ छ ।

 

प्रतिक्रिया दिनुहोस

Please enter your comment!
Please enter your name here