प्रहरी उपरीक्षक भाटलाई सम्मान

निरज यादव/प्रदेशपालिका
८ असार, सर्लाही ।

जिल्लाका प्रहरी उपरीक्षक उद्धवसिंह भाटलाई सम्मान गरिएको छ । सोमबार इलाका प्रहरी कार्यालय बरहथवाका कार्यालय प्रमुख प्रहरी नायब उपरीक्षक भाटलाई नागरिक सम्मान–पत्र प्रदान गरिएको हो ।

सर्लाहीको बसबरिया गाउँपालिका ३ भवानीपुरमा एकता समाज कृषक समुहद्वारा आयोजित कार्यक्रमका प्रमुख अतिथि नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवम् पुर्व सांसद डा.अमरेश कुमार सिंहले इलाका प्रहरी कार्यालय बरहथवाका कार्यालय प्रमुख तथा प्रहरी नायव उपरीक्षक भाटलाई सम्मान पत्र प्रदान गरे ।

एकता समाज कृषक समूह र बेरोजगार युवा कृषक समूह बसबरिया गाउँपालिका वडा नम्बर २ मानपुरको तर्फबाट चोरी–डकैती, गुण्डागर्दी, हत्या–हिंसा, लागू औषध एवम् घरेलुु हिंसाका घटना न्यूनीकरणमा उल्लेखनीय भूमिका निर्वाह गरेबापत नागरिक सम्मान–पत्र प्रदान गरेको हो ।

प्रतिक्रिया दिनुहोस

Please enter your comment!
Please enter your name here