निरज यादव/प्रदेशपालिका
८ असार, सर्लाही ।
जिल्लाको दक्षिण पूर्वी क्षेत्रमा पर्ने चन्द्रनगर गाँउपालिका–६ मा एक पुरुषको शव भेटिएको छ ।
मंगलबार अन्दाजी ६० वर्षका पुरुषको शव फेला परेको हो । मृतक तराई मूलको जस्तो देखिएको प्रहरीको भनाइ छ ।
चन्द्रनगरस्थति पुरानो प्रहरी चौकीको पोष्टभत्रि नाम, ठेगाना खुल्न नसकेको शव भेटिएको जिल्ला प्रहरी कार्यालय मलंगवाले जनाएको छ ।
घटनास्थलमा केशरगन्जबाट प्रहरी निरीक्षक जनकराज ढुंगाना नेतृत्वको प्रहरी पुगसिकेको छ ।
मृतक केही दिनदेखि उक्त क्षेत्रमा मागी खाँदै हिँडेको स्थानीयले बताए । प्रहरीले विस्तृत जानकारी अनुसन्धानपश्चात दिने जनाएको छ ।