अब प्रधानमन्त्रीसहित ४ जनाको मन्त्रीमण्डल, विघटनपछि नियुक्त २१ मन्त्री पदमुक्त

८ असार, काठमाडौं ।

अब नेपाल सरकारको मन्त्रीमण्डलमा प्रधानमन्त्री केपी शर्मा ओलीसहित जम्मा ४ जना रहने भएका छन् । बाँकी २१ जना पदमुक्त भएका छन् ।

मंगलबार सर्वोच्चबाट भएको आदेशपछि प्रतिनिधि सभा विघटनपश्चात् नियुक्त भएका सबै मन्त्री पदमुक्त भएका हुन् ।

संसद विघटन गरी चुनावको मिति घोषणा गरेर कामचलाउमा परिणत भएको वर्तमान सरकारले मन्त्रीमण्डल विस्तार गर्नु संविधानविपरीत भएको भन्दै परेका ७ रिटमाथि सर्वोच्च अदालतले अन्तरिम आदेश दिएको हो ।

प्रधानन्यायाधीश चोलेन्द्र समशेर जबरा र न्यायाधीश प्रकाशमान सिंह राउतको इजलासले यस्तो आदेश दिएको हो ।

प्रतिक्रिया दिनुहोस

Please enter your comment!
Please enter your name here