द फ्यामिली म्यान टु बन्यो विश्वकै चौथो चर्चित वेब सिरिज

८ असार, काठमाडौं ।

‘द फ्यामिली म्यान टु’ ले आइएमडिबीमा ८.८ रेटिङ पाएको छ । यसले लोकप्रियताको मामिलामा थुप्रै अन्य वेब सिरिजलाई पछाडि पारेको छ ।

सामन्था अक्किनेनी र मनोज वाजपेयी मुख्य भूमिकामा रहेको यो सिरिज २ जुनमा ओटिटि प्लेटफर्ममा रिलिज भएको थियो । यसलाई दर्शकले निकै रुचाएका छन् । जसबाट यो लोकप्रियताको मामिलामा चौथो स्थानमा उक्लेको छ । आइएमडिबी रेटिङ दर्शक वा प्रयोगकर्ताले दिने गर्छन् ।

अभिनेता वाजपेयीले आफ्नो इन्स्टाग्राम एकाउन्टमा लोकप्रिय वेब सिरिजको सूची सार्वजनिक गरेका छन् । यो सूचीको पहिलो स्थानमा ‘लोकी’ छ भने दोस्रोमा ‘स्वीट टुथ’ र तेस्रोमा ‘मियर अफ इस्टटाउन’ छन् । चौथोमा रहेको फ्यामिली म्यान टुले फ्रेन्डस्, ग्रेज एनाटोमीलगायतका अन्य चर्चित वेब सिरिजलाई पछार्दै यो स्थान हासिल गरेको छ ।

तर आतंकवादी र अनुसन्धान अधिकारीको कथा बोल्ने यस वेब सिरिजका कारण भारतकै एक समुदाय भने रुष्ट छ । तमिलहरुले आफूहरुलाई यस सिरिजमा आतंकवादी देखाइएको भन्दै विरोध गरिरहेको छ । (एजेन्सीहरुको सहयोगमा)

प्रतिक्रिया दिनुहोस

Please enter your comment!
Please enter your name here