नेतृत्व पुस्तान्तरण हुनुपर्नेमा विमलेन्द्र, शशांक र प्रकाशमानको एकमत

७ असार, काठमाडौं ।

कांग्रेसका दोस्रो पुस्ताका प्रभावशाली नेताहरू विमलेन्द्र निधि, शशांक कोराइराला र प्रकाशमान सिंह नेतृत्व पुस्तान्तरण गर्ने विषयमा एकमत भएका छन् । उपसभापति निधिको निवास बानेश्वरमा महामन्त्री कोइराला र पूर्वमहामन्त्री सिंहले रणनीतिक छलफल गरेका हुन् ।

कांग्रेसको १४औँ महाधिवेशनलगायत समसामयिक विषयमा छलफल भएको र नेतृत्व पुस्तान्तरणमा एकमत भएको सिंहको सचिवालयले जनाएको छ । कांग्रेसका संस्थापक नेतात्रय बिपी कोइराला, गणेशमान सिंह र महेन्द्रनारायण निधिका उत्तराधिकारीको छलफललाई अर्थपूर्ण रूपमा हेरिएको छ ।

आगामी सभापतिमा दाबी गर्दै आएका निधिले आफ्नो वैवाहिक वर्षगाँठको अवसर पारेर कोइराला र सिंहलाई निवासमा बोलाएका हुन् । कोइराला र सिंहले पनि सभापतिको दाबी गरेका छन् । पुस्तान्तरणको विषयमा एकमत भए पनि नेतृत्वको विषयमा भने सहमति भइसकेको छैन ।

कांग्रेसमा सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल र पूर्वमहामन्त्री कृष्ण सिटौलाका गुट सक्रिय छन् । देउवा र पौडेल गुटमा रहेका निधि, कोइराला र सिंहले ‘लञ्च मिटिङ’बाट एकताको सन्देश दिन खोजेको सिंहको सचिवालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस

Please enter your comment!
Please enter your name here