माल्दिभ्समा कोरोना संक्रमितको उपचारका लागि भारत र बंगलादेशबाट स्वास्थ्यकर्मी झिकाउने तयारी

७ असार, काठमाडौं ।

विश्वमा कोरोना भाइरसको दोस्रो लहर फैलिरहँदा माल्दिभ्स युरोपियन तथा एसियन नागरिकको प्रमुख पर्यटक तथा होलिडे गन्तव्य बनिरहेको छ ।

हिन्द महासागरमा १२ सयभन्दा साना टापुले बनेको माल्दिभ्सले आफ्ना नागरिकलाई सुरक्षित राख्न कोरोना नियन्त्रण गर्न अति नै कडा नियम जारी गरेको छ । साथै, विदेशी पयर्टकलाई सबै प्रोटोकल पालना गरेपछि मात्र प्रवेश दिइएको छ ।

यसै कारण नै माल्दिभ्स सरकारले दक्षिण एसियामै कोरोनामुक्त भनी दाबी गरेको छ । तर, पछिल्लो डाटाअनुसार माल्दिभ्स यही विदेशीहरूको आगमनका कारण कोरोनाबाट निकै प्रभावित बनेको छ ।

दिनदिनै कोरोना संक्रमित संख्या बढिरहेको छ । शनिबार मात्र माल्दिभ्समा दुई सय ११ जना संक्रमित भएका थिए । एक साताभित्र औसत दुई सयको हाराहारीमै संक्रमित भइरहेको स्थानीय एजेन्सीहरूले जनाएका छन् । २० मेको दिन यहाँ दुई हजार एक सय ९४ जना संक्रमित भए । यो एक दिन संक्रमित भएको संख्यामा अहिलेसम्मकै अधिक हो ।

विश्वभरि नै मार्च–अप्रिल महिना कोरोनाको दोस्रो लहर महामारीका रूपमा फैलिँदा माल्दिभ्सले विदेशी पयर्टकलाई निश्चित नियम पालना गरी घुम्न अनुमति दिएको थियो । यही समयकै मे महिनामा औसत नौ सयदेखि हजारजनासम्म संक्रमित रेकर्ड दर्ता भयो । माल्दिभ्सले जुनमा कोरोना नियन्त्रण ग¥यो । तर, जुलाई महिना सुरु भएदेखि नै संक्रमित बढिरहेको छ । माल्दिभ्स सरकार पछिल्लो कोरोना संक्रमित संख्या देखेर चिन्तित छ ।

एकातिर संक्रमित बढिरहेको छ भने अर्कोतिर माल्दिभ्समा चिकित्साकर्मीको अभाव देखिएको छ । सिंगो माल्दिभ्सकै तीन सय बेड भएको अस्पतालमा नर्सहरूको कमी छ । माल्दिभ्समा एउटा मात्र सुविधासम्पन्न अस्पताल छ । अस्पतालमा उपचार गर्न आउने संक्रमित बिरामीलाई कुनै कमी छैन । सबै किसिमको सुविधा उनीहरूले पाइरहेका छन् । बिरामीले २४ घन्टा नै अक्सिजन पाइरहेका छन् ।

राजधानी मालेस्थित स्वास्थ्य केन्द्रका प्रमुख मारिया सैदले अस्पतालमा २० बिरामीबराबर एकजना मात्र नर्स भएको बताएका छन् । ‘हामीसँग जनरल वार्डमा २० बिरामीलाई हेर्न केवल एकजना मात्र नर्स छन्, यस्तो जटिल अवस्थामा हेरचाह गर्न जनशक्ति धेरै चाहिन्छ,’ समस्या बताउँदै उनले भने । पाँच लाख ४० हजार जनसंख्या भएको माल्दिभ्स मुख्यतः भारत र बंगलादेशका स्वास्थ्यकर्मीमै निर्भर रहेको सैदले बताए ।

कोरोना नियन्त्रण लिन र अस्पतालमा संक्रमित हेरचाह निमित्त सरकारले बंगलादेश र भारतबाटै स्वास्थ्यकर्मी झिकाउने तयारी गरेको उनले जानकारी दिएका छन् । अहिले सरकार ४० डाक्टर र सय नर्स नियुक्त गर्ने तयारीमा छ ।

प्रतिक्रिया दिनुहोस

Please enter your comment!
Please enter your name here