हबार्ड बनिन् ओलम्पिकमा प्रतिष्पर्धा गर्ने पहिलो ट्रान्सजेन्डर एथलेट

७ असार, काठमाडौं ।

न्युजजिलैंडकी लारेल हबार्ड ओलम्पिकमा सहभागी हुने पहिलो ट्रान्सजेन्डर एथलेट बनेकी छन् । ४३ वर्षीया हबार्डलाई टोकियो २०२० का लागि महिलातर्फको भारोत्तोलन प्रतिष्पर्धाका लागि छनौट गरिएको छ ।

२०१३ मा ट्रान्सजेन्डर महिला बन्नु अघि हाबर्डले पुरुषतर्फ प्रतिष्पर्धा गर्दै आएकी थिइन् । अन्तर्राष्ट्रिय ओलम्पिक कमिटिले खेलाडि छनौट गर्ने मापदण्डमा परिमार्जन गरेपछि उनी महिलातर्फ छनौट हुन सकेकी हुन् ।

२०१५ मा आइओसीले टेस्टोस्टेरोन हर्मोनको मात्रा कम भएको खण्डमा ट्रान्सजेन्डर महिलाले छनौट हुन पाउने नयाँ नियम लगाएको थियो । आइओसीले निर्धारण गरेको मापदण्डभन्दा कम टेस्टोस्टेरोन पाइएपछि उनलाई महिला तर्फ खेल्न छनौट गरिएको हो ।

विभिन्न समूहहरुले खेलजगतलाई थप समावेशी बनाउनुपर्ने भन्दै हबार्डको छनौटलाई सकारात्मक रुपमा लिएता पनि आलोचकहरुले भने हाबर्डलाई महिलातर्फ छनौट गरिनुले अन्य महिला खेलाडीमाथि अन्याय हुने बताएका छन् ।

आलोचकहरुले हबार्ड जैविक रुपमा पुरुष भएकाे भन्दै महिला समूहमा प्रतिष्पर्धा गर्दा उनलाई अस्वभाविक फायदा हुने र अन्य महिला प्रतिष्पर्धिमाथि अन्याय हुन् तर्क दिइरहेका छन् ।

प्रतिक्रिया दिनुहोस

Please enter your comment!
Please enter your name here