बालिका बलात्कारको आरोपमा काभ्रेका युवक पक्राउ

७ असार, काभ्रे ।

बालिका बलात्कारको आरोपमा प्रहरीले एक युवकलाई पक्राउ गरेको छ । धुलिखेल नगरपालिका–८ का २३ वर्षीय जयराम चौलागाईलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।

धुलिखेलकै १५ वर्षीय बालिकालाई खाजा खुवाउने निहुँमा भक्तपुर हुँदै काठमाडौंको सुन्धारा पु¥याएर बलात्कार गरेको आरोपमा उनलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय भक्तपुरले जानकारी दिएको छ ।

यही असार ५ गते बिहान १० बजेदेखि बालिका हराएको भन्दै परिवारले जिल्ला प्रहरी कार्यालय धुलीखेलमा निवेदन दिएका थिए । खोजतलास गर्ने क्रममा महानगरीय प्रहरी बृत्त जनसेवाको टोलीले आइतबार सुन्धारामा बालिकालाई फेला पारेको थियो ।

बालिकाको बयानका आधारमा जयरामलाई पनि सुन्धारा क्षेत्रबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ । जयरामविरुद्ध बालिकाकी आमाले महानगरीय प्रहरी वृत्त जगातीमा किटानी जाहेरी दिएकी छन् ।

घटनाको थप अनुसन्धान भैरहेको जिल्ला प्रहरी कार्यालय भक्तपुरले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस

Please enter your comment!
Please enter your name here