ब्राजिलमा कोरोनाबाट मृत्यु हुनेको संख्या ५ लाख नाघ्यो

७ असार, काठमाडौं ।

कोभिड–१९ बाट दक्षिण अमेरिकी मुलुक ब्राजिलमा पाँच लाखभन्दा बढीको मृत्यु भएको छ । त्यहाँको स्वास्थ्य मन्त्रालयले आइतबार यसको जानकारी गराएको हो ।

विश्वमा कोभिड–१९ बाट धेरैको ज्यान जाने देशको सूचिमा ब्राजिल अमेरिकापछि दोस्रो स्थानमा रहेको छ । खोप अभियानले अपेक्षाकृत गति लिन नसक्दा ब्राजिलमा आउँदा दिनमा अझै थप गम्भीर स्वास्थ्य सङ्कट आउन सक्ने चेतावनी विज्ञले दिएका छन् ।

राष्ट्रपति जायर बोल्सोनारोले सामाजिक दूरीसहितका सावधानीका उपायहरु अस्वीकार गर्दै जाँदा ब्राजिलमा संक्रमण फैलिरहेको छ । ब्राजिलमा अहिलेसम्म मात्रै १५ प्रतिशत वयश्कहरुले पूर्णरुपमा खोप लगाएका छन् ।

ब्राजिलमा सरकारले कोरोना भाइरसको महामारी नियन्त्रणमा लिन गरेका प्रयासका पर्याप्त नभएको भन्दै आलोचना हुने गरेको छ । यस सम्बन्धमा संसदले अनुसन्धान गरिरहेको छ । ब्राजिलमा कुल संक्रमितको संख्या एक करोड ७८ लाख ८३ हजारभन्दा बढि पुगेको छ । (रासस)

प्रतिक्रिया दिनुहोस

Please enter your comment!
Please enter your name here