गण्डकी प्रदेश सरकारको योजना आयोग उपाध्यक्षमा काफ्ले नियुक्त

६ असार, पोखरा ।

गण्डकी प्रदेश सरकारको नीति तथा योजना आयोगको उपाध्यक्षमा तनहुँका डा. रघुराज काफ्ले नियुक्त भएका छन् । उनले आइतबारै मुख्यमन्त्री कृष्णचन्द्र नेपालीबाट शपथ ग्रहण गरेका छन् ।

काफ्ले यसअघि रोजगार प्रवर्द्धन बोर्डका कार्यकारी निर्देशक भएर काम गरेका थिए । तनहुँ साँघेका उनले दमौलीकै आदिकवि भानुभक्त क्याम्पसमा सहायक क्याम्पस प्रमुखका रुपमा काम गरिसकेका छन् ।

तत्कालीन जिल्ला विकास समितिमा समेत काम गरेका उनलाई मुख्यमन्त्री नेपालीले पहिलो राजनीतिक नियुक्ति दिएका हुन् ।

निवर्तमान मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ सरकारको आयोगमा स्याङ्जाका डा गिरिधारी शर्मा उपाध्यक्ष थिए । मुख्यमन्त्री गुरुङ पदमुक्त भएपछि उनले राजीनामा दिएका थिए ।

प्रतिक्रिया दिनुहोस

Please enter your comment!
Please enter your name here