निरज यादव \प्रदेशपालिका
६ असार, सर्लाही ।
कोभिड–१९ प्रतिकार्य नविनतम् प्रयासका लागि डि.एफ.एटी अस्ट्रेलिया वाटर फर वमन (ड्ब्लुएफड्ब्लु)को आर्थिक सहयोग तथा एस.एन.भि नेपालको प्रबिधिक सहयोग, ग्रामिण नारी उत्थान संघको सहजीकरणमा कौडेना गाउँपालिका अपाङ्गता परिवारका लागि राहत समाग्री हस्तान्तरण गरेको छ ।
आइतबार बिहान कौडेना गाउँपालिकामा राहत स्वरुप २० लिटर नल सहितको बाल्टिन १ सय २५ थान, हात धुने साबुन ७ सय ५० थान, सेफ्टी पयाड १ सय २५ पैकेट हस्तान्तरण गरिएको हो । कौडेना हेल्थपोष्टका लागि सेनिटाईजर ३६ थान र मास्क ३६ प्याकेट पनि हस्तान्तरण गरिएको छ ।
कौडेना गाउँपालिका अध्यक्ष राम प्रसाद यादवको अध्यक्षतामा भएको कार्यक्रममा एसएनभि नेपाल सर्लाही जिल्ला संयोजक अम्बिका यादबले कौडेना पालिका प्रमुख रामप्रसाद यादवलाई उक्त समाग्री हस्तान्तरण गरेका हुन् । ग्रामिण नारी उत्थान संघको रोहवरमा अपाङ्गता संजालले उक्त सामग्री बुझेका छन् ।
कोरोना महामारीको यस परिस्थितिमा एसएनभी नेपालले अपाङ्गता भएका व्यक्तिहरुको लागि गर्दै आएको सहयोगका लागि कौडेना गाउँपालिका प्रमुख यादब र उपप्रमुख सुनिता देवी चौधरीले धन्यवाद ज्ञापन गरे ।
कार्यक्रममा गाउँपालिका उपाध्यक्ष चौधरीले अपाङ्गता हेल्थ डेस्कका लागि ल्यापटप उपलब्ध गराइँदा यसले आगामी दिनमा तथ्यांक संकलनमा सहज हुने बताइन् । उक्त संस्थाबाट भएको सहयोग तथा कार्यक्रमहरु प्रभावकारी भएको अपाङ्ग महासंघ जिल्ला अध्यक्ष बिरेन्द्र रायले बताए ।
हस्तान्तरण कार्यक्रममा कौडेनाका प्रमुख प्रशासकीय अधिकृत सुरेश साह, स्वस्थ्य शाखा प्रमुख शम्भु प्रसाद साह, अपाङ्ग महासंघ जिल्ला अध्यक्ष बिरेन्द्र राय, गाउँपालिका अपाङ्ग उपाध्यक्ष मनोज कुमार चौधरी, वडाअध्यक्ष प्रभु चौधरी, एसएनभि प्रतिनिधि ग्रामीण नारी उत्थान संघका प्रतिनिधि लगायत पत्रकारको उपस्थिति रहेको थियो ।