६ असार, जनकपुरधाम ।
महिला, बालकालिका तथा ज्येष्ठ नागरिक मन्त्री चन्दा चौधरीले स्थानीय तहमा छिटै नै महिला शाखा स्थापना गर्ने बताएकी छन् ।
शनिवार जनकपुरमा आयोजित स्वागत तथा सम्मान कार्यक्रममा बोल्दै मन्त्री चौधरीले यस्तो प्रतिबद्धता जाहेर गरेकी हुन् । उनले महिला हकअधिकार, बालबालिका र जेष्ठ नागरिकका लागि मिलन केन्द्र स्थापना गर्ने बताइन् ।
महिला, बालकालिका र ज्येष्ठ नागरिकको समस्यालाई केन्द्र विन्दुमा राखेर आफुले काम सुरु गरेको मन्त्री चौधरीको भनाइ थियो ।
मन्त्री भएपछि चौधरी पहिलो पटक जन्मस्थान महोत्तरी र जनकपुरमा आयोजित विभिन्न स्वागत तथा सम्मान कार्यक्रममा सहभागी भएकी हुन् । जनकपुरमा आयोजित एक कार्यक्रममा पार्टीका नेता तथब कार्यकर्ताले मन्त्री चौधरीलाई ५१ किलोको फुलमाला लगाएर सम्मान गरेका थिए ।
सो अवसरमा उधोग वाणिज्य संघ जनकपुरले मन्त्री चौधरीलाई जानकी मन्दिर माया चिनो र दोसल्ला ओढाएर सम्मान गरेका थिए ।