पूर्वप्रधान सेनापति राणाको स्मृतिमा अक्षय कोष

५ असार, काठमाडौं ।

नेपाली सेनाका पूर्वप्रधानसेनापति सच्चित समशेर राणाको स्मृतिमा अक्षय कोष स्थापना गरिएको छ । नेपाली सेनाको व्यवस्थापनमा सञ्चालनमा रहने गरी उनकी पत्नी आशा राणाले शुक्रबार अक्षयकोषका लागि रु १५ लाख ५ सय १ उपलब्ध गराएकी छन् ।

अक्षयकोषको व्याजबाट प्राप्त हुने रकमबाट भक्तपुर सल्लाघारीस्थिति सैनिक महाविद्यालयमा विज्ञान सङ्कायतर्फ कक्षा ११ को वार्षिक परीक्षामा सर्वाेत्कृष्ट नतिजा ल्याउने फ्लोर तथा सिपाहीका छोरीलाई छात्रवृत्तिका लागि प्रदान गरिने नेपाली सेनाका प्रवक्ता सन्तोषबल्लभ पौडेलले जानकारी दिए । (रासस)

प्रतिक्रिया दिनुहोस

Please enter your comment!
Please enter your name here