५ असार, कञ्चनपुर ।
महाकाली प्रादेशिक अस्पतालको लामो समयदेखि बन्द रहेको ओपिडी सेवा सञ्चालन गरिने भएको छ ।
कोरोना सङ्क्रमण बढेसंगै बन्द गरिएको ओपिडी सेवा आइतवार देखि सञ्चालनमा आउन लागेको हो । अस्पतालमा कोरोनाका बिरामीहरुको सङ्ख्या घटदो क्रममा रहेकाले सो सेवा सञ्चालन गरिन लागेको अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट हरिकुमार श्रेष्ठले बताए ।
उनका अनुसार सामाजिक दूरी कायम गरी प्रति दिन २० जनालाई उक्त सेवा दिइनेछ । (रासस)