वैधानिकता दाबी गर्दै आयोग पुग्यो यादव पक्ष

४ असार, काठमाडौं ।

जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष उपेन्द्र यादव सहितका नेताहरु निर्वाचन आयोग पुगेका छन् । पार्टीको वैधानिकता दावी गर्दै नेताहरु आयोग पुगेका हुन् ।

बिहीबार बसेको कार्यकारिणी समितिको बैठकले वैधानिकता दावी गर्ने निर्णय गरेको थियो । यसअघि १७ जेठमा अर्का अध्यक्ष महन्थ ठाकुर सहित चार जनालाई पार्टीबाट निष्कासन गर्ने निर्णय आयोगमा बुझाइएको थियो ।

सोही दिन ठाकुरले पनि यादवलाई निष्कासनको पत्र बुझाए । आयोगले ३० जेठमा दुवै समूहको मागदावी अनुसार दल दर्ता किताब अद्यावधिक नगर्ने निर्णय गरेको थियो ।

यसपछि यादव राजनीतिक दल सम्बन्धी ऐन–२०७३ को दफा ४३ अनुसार दलको वैधानिकता दावी गर्दै फेरि आयोग गएका हुन् ।

प्रतिक्रिया दिनुहोस

Please enter your comment!
Please enter your name here