४ असार, डोटी ।
जिल्लामा पहिरोमा च्यापिएर दुई बालबालिकाको मृत्यु भएको छ ।
दिपायल सिलगढी नगरपालिका वडा नं. ५ चिसापानी नजिकै ब्राखा चराउन गएको बेला ओडारमा बसेका दुई बालबालिकाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय डोटीले जानकारी दिएको छ ।
मृत्यु हुनेमा दिपायल सिलगढी नगरपालिका ५ का ७ बर्षीय बालक बिनोद भण्डारी र मामाघर आएकी वडा नं. ७ राँतुलीकी ऐश्वर्या बिष्टकी एघार बर्षीया छोरी जेनिषा विष्टको रहेको प्रहरी उपरीक्षक दान बहादुर मल्लले बताए ।
बाख्रा चराउन गएका उनीहरु पानी परेपछि ओत लाग्न ओढारमा बसेको बेला माथिबाट पहिरो खस्दा च्यापिएका थिए ।
च्यापिएको थाहा भएपछि नेपाल प्रहरी, शसस्त्र प्रहरी र स्थानियले पहिरो पन्छाउँदासम्म उनीहरुको मृत्यु भइसकेको थियो ।
बुधबार मात्रै जिल्लाको केआई सिंह गाउपालिकाका ६५ वर्षीय पुरुषको पहिरोमा परि ज्यान गएको थियो ।