जसपाका जिल्ला समिति सदस्य पेस्तोलसहित पक्राउ

४ जेठ, उदयपुर ।

जनता समाजवादी पार्टीका उदयपुर जिल्ला समिति सदस्यलाई प्रहरीले पेस्तोल सहित पक्राउ गरेको छ । जसपाका जिल्ला सदस्य परशुराम चौधरीलाई ‘मेड इन युएसए’ लेखिएको अटोमेटिक पेस्तोलसहित बिहीबार पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रवक्ता (डिएसपी) बेद प्रसाद गौतमले बताए ।

चौधरीले पत्नी श्याम कुमारी चौधरीको घरमा लुकाएर राखेको अवस्थामा सो पेस्तोल र ५ राउण्ड गोली प्रहरीले बरामद गरेको हो । छोरी र सप्तरीको सुरुङ्गा नगरपालिका–८ घर भएका २३ वर्षीय बबि चौधरी बिचमा प्रेम सम्बन्ध रहेको र परशुरामले छोरीको प्रेमीलाई फसाउन पेस्तोल ल्याएर राखेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट थाहा भएको छ ।

परशुराम युद्धकालमा माओवादी लडाकु हुन् । शान्ति प्रक्रिया शुरु भएसँगै उनी माओवादी केन्द्रको जिल्ला कमिटी सदस्यको रुपमा कार्यरत थिए । ०७७ माघबाट उनी जसपामा लागेका हुन् ।

प्रतिक्रिया दिनुहोस

Please enter your comment!
Please enter your name here