राष्ट्रसंघमा सैनिक योगदान गर्ने मुलुकहरुमा नेपाल तेस्रो

४ असार, काठमाडौं ।

नेपाल संयुक्त राष्ट्रसंघमा शान्ति सैनिक योगदान गर्ने राष्ट्रहरुको सूचीमा तेस्रो स्थानमा रहन सफल भएको छ ।

नेपाली सेनाका प्रवक्ता सन्तोष बल्लभ पौडेलका अनुसार कूल ५ हजार ६ सय ८६ फौजसहित नेपाल तेस्रो स्थानमा रहन सफल भएको हो ।

शान्ति मिशनमा योगदान गर्ने मुलुकको सूचीमा बंगलादेश पहिलो राष्ट्र हो । दोस्रोमा इथियोपिया, तेस्रोमा नेपाल, चौथोमा रुवान्डा र पाँचौंमा भारत छन् ।

प्रतिक्रिया दिनुहोस

Please enter your comment!
Please enter your name here