निरज यादव/प्रदेशपालिका
४ असार, सर्लाही ।
जिल्लाको धनकौल गाउँपालिका–४ महिनाथपुरका एक युवक मृत भेटिएका छन् । उक्त स्थानका नेवालाल सहनीको शव बुधबार राति भेटिएको हो ।
उनको शव धनकौल र हरकठवाको बीचमा फेला परेको प्रहरीले जनाएको छ ।
धनकौलका स्थानीयले देखेर प्रहरीलाई खबर गरे पनि उनको कसरी र किन कसले हत्या गर्यो वा अन्य केही पनि पत्ता लाग्न सकेको छैन । यद्यपि उनको हत्या गरी फालिएको हुन सक्ने स्थानीय र प्रहरीको आशंका छ ।
उक्त शवलाई प्रहरीले मुचुल्का उठाइ शवपरीक्षणका लागि जिल्ला अस्पताल मलंगवा पठाएको जनाएको छ । पोस्टमार्टम पछि उनको शव बिहीबार साँझ परिवारजनको जिम्मा लगाइएको छ ।
घटनाबारे प्रहरीले सुक्ष्म रुपमा अनुसन्धान गरिरहेको बताइएको छ । जिल्ला प्रहरी कार्यालय सर्लाहीले छिटै घटनाको सत्यतथ्य पत्ता लगाइ सार्वजनिक गर्ने जनाएको छ ।