रकम नदिए गोली हान्ने धम्कि दिने एक जना प्रहरी नियन्त्रणमा

निरज यादव/प्रदेशपालिका
३ असार, बारा ।

प्रहरीले रकम मागेर नदिए, ज्यान मार्ने धम्कि दिने एक जनालाई नियन्त्रणमा लिएको छ । बाराको सुवर्ण गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नविन कुमार श्रीवास्तवसँग १५ लाख रुपैयाँ फिरौती माग गर्ने युवक पक्राउ परेका हुन् ।

प्रहरीले सोही गाउँपालिकामा करारमा काम गर्ने कार्यालय सहयोगी २८ वर्षीय मुकेश प्रसाद यादवलाई बुधबार पक्राउ गरेको हो ।

मुकेशले उक्त रकम माग गर्दै १ घण्टाभित्र नदिएमा गोली प्रहार गरी हत्या गरी दिन्छु भनि पटक÷पटक फोन तथा मेसेज गरेका थिए ।

उक्त अडियो सहितको सूचना प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय बाराबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । यादव उपर अपराधिक लाभ मुद्दामा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस

Please enter your comment!
Please enter your name here