कोरोनाबाट असइको मृत्यु

निरज यादव/प्रदेशपालिका
३ असार, महोत्तरी ।

जिल्लामा कोरोना संक्रमणबाट एकजना प्रहरीको मृत्यु भएको छ ।

महोत्तरीको भंगहा नगरपालिकाको प्रहरी चौकीमा कार्यरत करिब ४० वर्षीय प्रहरी सहायक निरीक्षक (असइ) को कोरोना संक्रमणबाट मृत्यु भएको महोत्तरीका प्रहरी प्रमुख तथा प्रहरी उपरीक्षक दिनेश आचार्यले जानकारी दिए ।

जानकी हेल्थकेयरमा उपचाररत ती असइलाई प्रादेशिक अस्पतालमा रिफर गरिएको र त्यहाँ नै उनको मृत्यु भएको प्रहरी उपरीक्षक आचार्यले बताए ।

प्रतिक्रिया दिनुहोस

Please enter your comment!
Please enter your name here