३ असार, सप्तरी ।
जिल्लामा भुतही बलान खोलामा आएको बाढीले बगाउँदा बुधबार एकजना बालकको मृत्यु भएको छ ।
मृत्यु हुनेमा बलान बिहुल गाउँपालिका वडा नम्बर ४ बस्ने किसुनदेव भण्डारीका १३ वर्षीय छोरा सन्तोष भण्डारी छन् ।
खेतमा काम गरिरहेका आफ्ना बुवा किसुनदेवलाई खाजा पुर्याउन जान लाग्दा बालकलाई उक्त खोलामा आएको बाढीले बगाएको थियो ।
बाढीले बगाएपछि ती बालकको शव भारतको बिहार राज्य अन्तर्गत मधुवनी जिल्लाको मझौरास्थित बलान खोला छेउमा फेला परेको सप्तरी प्रहरीका प्रबक्ता भाधव प्रसाद काफ्लेले जानकारी दिए ।