साढे २ हजारभन्दा बढीमा कोरोना देखियो

२ असार, काठमाडौं ।

पछिल्लो २४ घण्टामा थप २ हजार ८ सय २८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ८ हजार ६ सय ८७ जनाको पीसीआर र ४ हजार ३ सय ३५ जनाको एन्टिजेन गरी १३ हजार २२ जनाको परीक्षण गर्दा सो संख्यामा संक्रमण भेटिएको हो ।

पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमणमुक्त हुनेको संख्या ३ हजार ८२ छ भने ५२ जनाको मृत्यु भएको छ । नेपालमा कोरोना भाइरसको सक्रिय संक्रमितको संख्या ६२ हजार १ सय १७ रहेको छ । जसमध्ये ५७ हजार ८ सय २६ जना होम आइसोलेसनमा र ४ हजार ३ सय ११ जना संस्थागत आइसोलेसनमा छन् ।

असार १ गतेसम्म देशका ४३ वटा जिल्लामा सक्रिय संक्रमितको संख्या ५ सयभन्दा बढी रहेको मन्त्रालयका प्रवक्ता डा. कृष्ण पौडेलले जानकारी दिए ।

 

प्रतिक्रिया दिनुहोस

Please enter your comment!
Please enter your name here