भारतमा भेटियो कोरोनाको नयाँ भेरिएन्ट

२ असार, काठमाडौं ।

भारतमा कोरोना भाइरस (कोभिड–१९) को डेल्टा भेरियन्टको म्युटेसन देखिएको छ ।

भारतले मंगलबार औपचारिकरुपमा डेल्टा भेरियन्टको म्युटेसन (बी.१.६१७.२.१) फेला परेको बताएको हो । डेल्टा भेरियन्ट सबैभन्दा पहिला भारतमा भेटिएको थियो ।

मंगलबार कोभिड–१९ खोप अभियानको विषयमा बनाइएको विशेषज्ञ समूहका प्रमुख भीके पाललाई उद्धृत गर्दै भारतीय सञ्चारमाध्यमले भनेका छन्, ‘कोरोना भेरियन्टको नयाँ म्युटेसन देखिएको छ । तर, अहिले नै चिन्ता लिनुपर्ने कुनै कारण छैन । हामीलाई यस विषयमा धेरै जानकारी छैन । अहिले यस विषयमा हामीले अध्ययन गरिरहेका छौं । भारतमा यसको संक्रमणको विषयमा पनि अध्ययन भइरहेको छ ।’

डाक्टर पालले भारतीय मिडियासँग थप भने, ‘म्युटेसन एक जैविक तथ्य हो । हामी रोकथामको लागि आवश्यक सतर्कता पालना गर्नुपर्छ । हामीले यो रोगलाई फैलिने अवसर दिनुहुँदैन ।’

जानकारहरुले नयाँ म्युटेसन कति संक्रामक छ भन्ने कुरा निकै महत्वपूर्ण रहेको बताएका छन् ।

प्रतिक्रिया दिनुहोस

Please enter your comment!
Please enter your name here