सुपर मादीमा बाढीले क्षति

२ असार, कास्की ।

जिल्लाको मादी गाउँपालिकास्थित मादी खोलामा निर्माणाधीन सुपर मादी हाइड्रोमा बाढीले ठूलो क्षति पुर्याएको छ ।

निर्माणाधीन सुपर मादी (४४ मेगावाट) जलविद्युत् आयोजनामा चारवटा एक्स्याभेटर, चारवटा टिपर, दुईवटा ट्रान्जिट मिस्कर, ६ वटा कम्प्रेर, चार सय ५० टन बढी डण्डी, १० हजार बोरा सिमेन्ट, तीनवटा क्रस, बगाएको अध्यक्ष पुष्पज्योति ढुंगानाले जानकारी दिए ।

साढे सात अर्ब रुपैयाँ लागत रहेको सुपर मादीको काम सम्पन्न हुने चरणमा थियो। ब्याचिङ प्लान्ट, क्रसर, एक्सक्याभेटर, ह्विल लोडेर र ट्रिपरहरु, इलेक्ट्रो–मेकानिकल (इएम) का ओभरहेड क्रेन, साइडल केसहरु लगायतका सबै सामानहरु बाढीले बगाएको उनले बताए ।

बाढीका कारण निर्माणाधीन सुपर मादीमा १ अर्ब रूपैयाँ बराबरको क्षति पुगेको अध्यक्ष ढुंगानाको दाबी छ ।

बाढीले करोडौं रूपैयाँको क्षति पुगेको उनको भनाइ छ । आयोजनामा काम गर्ने ३ सय भन्दा बढी कामदारलाई सुरक्षित स्थानमा ल्याइएको छ ।

प्रतिक्रिया दिनुहोस

Please enter your comment!
Please enter your name here