२ असार, स्याङ्जा ।
जिल्लाको भिरकोट नगरपालिका वडा नं. ४ दर्बुङठाटी स्थित भित्री कच्चि सडकखण्डमा जीप दुर्घना हुँदा एकजनाको मृत्यु भएको छ भने ६ जना घाइते भएका छन् ।
मृतकमा नरपालिका वडा नं. ३ का ३६ वर्षीय गणेशजंग अधिकारी छन् । उनको उपचारको क्रममा मृत्यु भएको हो ।
यस्तै घाइतेमा सोही नगरपालिकाका ३० वर्षीय जीप चालक विकास थापा, ४० वर्षीय रेशम परियार, ४६ वर्षीया प्रतिमा परियार, ४८ वर्षीया रुक बहादुर परियार, २८ वर्षीया सोनी श्रेष्ठ र स्याङजा पुतली बजारको २४ वर्षीय दिनेश परियार रहेका छन् ।
बानेथोकबाट बयारघारी तर्फ आउँदै गरेको ग. १ ज. ४९४० नं. को जीप अचानक अनियन्त्रित भई दुर्घटना भइ सडकबाट ५ मीटर तल खसेको थियो ।
घाइते सबैको पोखरामा उपचार भइरहेको छ ।