निर्वाचन क्षेत्र विकासका लागि बजेट बढाउनुपर्ने एमाले र माओवादीको माग

२ असार, जनकपुरधाम ।

निर्वाचन क्षेत्रमा विकासका लागि सांसदलाई दिइँदै आएको बजेट बढाउनुपर्ने भनी प्रदेश २ का विपक्षी दलका सांसदहरुले माग गरेका छन् ।

उनीहरुले मंगलबार बजेट प्रस्तुतिपछि आधा घण्टाका लागि स्थगित गरिएको बैठक शुरु हुँदा बैठक अवरुद्ध गरेका थिए । माओवादी केन्द्र र एमाले प्रदेशसभा सदस्यहरुले बैठक अवरुद्ध गरेका हुन् ।

मंगलबारको दोस्रो बैठक शुरु भए लगत्तै नेकपा एमालेका सांसद सुन्दर बहादुर विकले सरकारी बजेट फ्रिज भइरहेको र सांसदको निर्वाचन क्षेत्र विकासका लागि दिइएको बजेटले पूरा काम भइरहेको बताए ।

उनले यसबारेमा यसअघि नै सरकारसँग आग्रह गर्दै ध्यानाकर्षण गराएपनि निर्वाचन क्षेत्र विकासका लागि बजेट नबढाइएको बताए ।

सांसद विकले प्रत्यक्ष निर्वाचित सांसदलाई ५ करोड र समानुपातिक सांसदलाई २ करोड ५० लाख उपलब्ध गराउन माग गरे ।

विकले राखेको प्रस्तावमा माओवादी केन्द्रका प्रमुख सचेतक दिलिप साहले पनि समर्थन जनाएका थिए ।

विपक्षी दलका सांसदहरुले यो माग राख्दै उभिरहेपछि सभामुख सरोज कुमार यादवले केहि बेरका लागि प्रदेश सभाको बैठक स्थगित गरेका छन् ।

प्रतिक्रिया दिनुहोस

Please enter your comment!
Please enter your name here